नियम १००
बेरुजु फछ्र्यौैट सम्बन्धी व्यवस्था
(२) लेखा उत्तरदायी अधिकृतले आफूले सोझै नियमित गर्न नमिली कुनै कार्यालय वा अधिकारी वा सम्बन्धित व्यक्ति वा कर्मचारी बुझी नियमित गर्न हुने बेरुजु सो बमोजिम बुझी नियमित गर्नु पर्नेछ ।
(३) प्रचलित कानूनको रीत पुर्‍याउनु पर्नेमा सो रीतसम्म नपुर्‍याई अनियमित भएको तर सरकारी हानी नोक्सानी भएको नदेखिएको बेरुजु कार्यालय प्रमुख र विभागीय प्रमुखको सिफारिसमा सम्बन्धित मन्त्रालय, सचिवालय वा संवैधानिक अङ्ग तथा निकायका लेखा उत्तरदायी अधिकृतले नियमित गर्न सक्नेछ । यसरी नियमित गर्दा हानी नोक्सानी नभएको कारण यथासम्भव प्रष्ट गर्नु पर्नेछ ।
(४) उपनियम (१), (२) र (३) मा उल्लेख गरिएको बाहेक अन्य बेरुजुलाई न यमित गर्न लेखा उत्तरदायी अधिकृतले मनासिब कारण देखेमा र सो नियमित गर्न मिन्हा दिनु पर्ने भएमा नियम १०६ बमोजिम मिन्हा गर्नु पर्नेछ ।